१४ बैशाख २०८३, सोमबार | April 27, 2026

कांग्रेस मतगणना अपडेट : २ हजार मत गनियो, देउवाको अग्रता, पछ्याउँदै कोइराला

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ । हालसम्म २ हजार ६ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले ९१२ मत ल्याएका छन् । उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहेका छन् । कोइरालाले ७२६ मत पाउँदा प्रकाशमान सिंहको १७१, विमलेन्द्र निधिको ११७ र कल्याण गुरुङको ७ मत छ…