८ बैशाख २०८१, शनिबार | April 20, 2024

सामाजिक रुपान्तरणका लागि एकीकृत समाजवादीको प्रष्ट दृष्टिकोण छ : नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्र निर्माण तथा जनताको सामाजिक रुपान्तरणका लागि आफ्नो पार्टीसँग प्रष्ट दृष्टिकोण रहेकाले देशभर पार्टीप्रति आकर्षण बढ्दै गएको बताएका छन् ।

पार्टी निकट बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय अधिवेशनमा अध्यक्ष नेपालले विज्ञान र प्रविधिको प्रयोगबाट उत्पादन वृद्धि गरी जनताको जीवनस्तरमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

मानव संशाधन विकासका लागि बुद्धिजीवी वर्गको ठूलो भूमिका रहने विचार व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पूर्वाधार विकास, पर्यटन, जलविद्युत र उद्योगका क्षेत्रमा सरकारले लगानी वृद्धि गरेमा ठूलो सङ्ख्यामा रोजगारी बढ्ने बताए । उनले राष्ट्रको प्रतिष्ठा उठाउने विषयमा पार्टीका नेता तथा कार्यकर्ताले वडा तथा स्थानीय तहदेखि नै निर्माण प्रक्रियामा सुक्ष्मरुपमा नियमन गर्नुपर्ने बताए।

दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ३ : ५० बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु