काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा छलफल हुने बताइएको छ । आइतबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले माधव नेपाल पक्ष सरकारमा सहभागी हुने सम्भावना नरहेका कारण अब मन्त्रालय बाँडफाँट र मन्त्रीहरुको तत्कालै टुंगो लगाउने विषयमा ब्रिफिङ गरेका…