काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्न नदिने निर्णय गरेको छ । शभापति शेरबहादुर देउवा निवासमा कांग्रेस पदाधिकारीको मंगलबार बसेको बैठकले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई विश्वासको मत हासिल गर्न नदिने निर्णय गरेको हो । ओलीले यही वैशाख २७ गते विश्वासको मत हासिल गर्नका लागि प्रतिनिधिसभाको अधिवेशन बोलाएका छन्…