काठमाडौं । नेकपा एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न चाहेका सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको पक्षमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । प्रतिनिधिसभाका सांसद पाण्डे र राष्ट्रिय सभाका सांसद भट्टलाई एकीकृत समाजवादी प्रवेश गरेवापत कुनै कारवाही नगर्न सर्वोच्चले आज अल्पकालिन अन्तरिम आदेश दिएको हो । सांसदद्वयले निर्वाचन आयोगमा एकीकृत समाजवादीको…