काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि आज तेस्रो दिन पनि संवैधानिक इजलासमा बहस हुँदैछ । शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथि निरन्तर बहसको क्रममा तेस्रो दिनको बहस सुरु भएको छ। आज पनि रिट निवेदकका तर्फबाट २९ जना कानून व्यवसायीले बहस गर्दैछन् । रिट निवेदकका वकिलहरुले बहसका लागि ३ देखि ३० मिनेटसम्मको समय निर्धारण गरेका…