काठमाडौं । प्रतिगमनविरुद्ध त्रिभुवन विश्वविद्यालयमा आयोजित टियू मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ । शैक्षिक प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनले कीर्तिपुरको पाँगा दोवाटोदेखि विश्वविद्यालय परिसर आउने क्रममा मार्चमाथि हस्तक्षेप गरेको हो । प्रहरीले मार्चपछि आयोजना गर्न लागिएको प्रतिगमन विरुद्धको नाट्य कार्यक्रमका सामग्रीहरु खोसेको छ । प्रहरी हस्तक्षेप विरुद्ध विश्विद्यालयका विद्यार्थीहरु र मार्चका सहभागीहरु धर्नामा बसेका छन् ।…