काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधान ध्वस्त बनाएको बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाले काठमाडौंमा आयोजना गरेको बृहत सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई लोकतन्त्र मिचेकोमा जनताले धिक्कार गरिरहेको बताए । प्रतिनिधिसभा विघटन गरेर, असंवैधानिक नियुक्तिहरु गरेर ओलीले संविधानलाई ध्वस्त गराएको बताउँदै…