काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षले आगामी माघ २३ गते आयोजना गर्न लागेको सभा काठमाडौंको नारायणहिटी दरबार अगाडि हुनेभएको छ । काठमाडौंको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको आयोजकले बताएका छन् । सो सभा ओली पक्षीय नेकपाको बागमती प्रदेश कमिटीले आयोजना गर्न लागेको हो ।…