८ बैशाख २०८३, मंगलबार | April 21, 2026

देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको परमादेश माग गर्दै सर्वोच्चमा रिट दर्ता हुँदै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश माग गर्दैै पाँच दलले सर्वोच्च अदालतमा रिट दर्ता गर्न लागेका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कानूनव्यवसायीहरुसँग छलफल गरेपछि विपक्षी दलहरुले सर्वोच्चमा परमादेशको मागसहित रिट दर्ता गर्ने भएका हुन् । संविधानको धारा ७६ को उपधारा ५ अनुसार १४९ जना सांसदहरुको हस्ताक्षरसहित…