काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माघ २८ गते हुनलागेको जनप्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने तयारी गरेको छ । नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको आज बसेको बैठकले २८ गते काठमाडौंमा गर्ने प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने निर्णय गरेको हो । बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको निस्कर्ष निकाल्दै यसलाई अझ उचाइमा पुर्याउनेमा…