काठमाडौं । संसदीय समितिले ७७ वटै जिल्लामा पीसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संसदको कानुन न्याय तथा मानव अधिकार समितिको भर्चुअल बैठकले सबै जिल्ला सदरमुकाममा कोभिड–१९ परीक्षणको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो । समितिले कोरोना संक्रमितका लागि उपचार गर्न डेडिकेटेड अस्पतालको संख्या तत्कालै वृद्धि गर्न पनि निर्देशन दिएको छ । कोरोना…