काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा असाधारण एकता प्रदर्शन भएको बताउनुभएको छ । प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकताको पक्षमा मंगलबार संसदमा असाधारण एकता प्रदर्शन भएको भन्दै गर्व गर्नुभएको हो । ओलीले राष्ट्रिता, कोभिड–१९ को जटिलता र सबैखाले अप्ठेरोका सन्दर्भमा राष्ट्रिय एकता कायम हुन सकेको भन्दै संयुक्त साझा प्रयासबाट मात्र…