काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने र उनकै सिफारिसमा प्रतिनिधिसभा बिघटन गर्ने सहमति जुटे लगत्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले खरो प्रतिक्रिया ब्यक्त गरेका छन् । महासचिव पोखरेलले सामाजिक सञ्जालमा प्रतिनिधि सभा विघटनको निर्णयलाई विडम्बनापूर्ण भनेका छन् । ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला…