गुल्मी । सत्ता गठबन्धनको केन्द्रीय निर्णय विपरित एमाले र माओवादीबीच तालमेल गरेर चुनाव लेडेका गुल्मीको धुर्कोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा स्थानीय गठबन्धनले जितेको छ । धुर्कोटमा अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्र र एमालेबीच भएको तालमेलबाट अध्यक्षमा माओवादीका भुपाल पोखरेल र उपाध्यक्षमा एमालेका सीता…