२२ बैशाख २०८१, शनिबार | May 4, 2024

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप : एमेच्योर सदभाव बने च्याम्पियन, प्रो भुवन सात स्ट्रोकले पराजित

काठमाडौं । प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै एमेच्योर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको उपाधि जितेका छन। अन्तिम दिन ३-अन्डर ६९ को स्कोर सहित समग्रमा १४-अन्डर २ सय ७४ सहित सदभावले तेस्रो पटक टुरको प्रो र एमेच्योर दुवैतर्फको उपाधि आफ्नो नाममा लेखाए।…