काठमाडौं । मलेसियाविरुद्धको टी-२० अन्तरराष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा मलेलियासँग नेपाली महिला राष्ट्रिय क्रिकेट टोली १३ रनले पराजित भएको हो । यो पराजयसँगै पाँच खेलको उक्त शृङ्खलामा मलेसियाले नेपालसँग २-१ को अग्रता बनाएको छ । यसअघि भएको पहिलो खेलमा नेपाल मलेसियासँग तीन रनले पराजित भएको थियो…