बुटवल । रुपन्देहीमा दुई दिने जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता शुरु भएको छ । लियो क्लब अफ बुटवलको आयोजनामा आईतबारदेखि जिल्लास्तरीय कृष्ण देवि बज्राचार्य स्मृति अन्तर मावि टेबलटेनिस प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहश्राम यादवले उद्घाटन गरेका छन । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्येश्यका क्लबको आयोजनामा विगत लामोसमयदेखि प्रतियोगिता…