काठमाडौं । रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओसँग १-० गोल अन्तरले पराजित हुँदै रियल मड्रिड कोपा डेल रेबाट बाहिरिएको हो । रियलको हारसँगै एथ्लेटिक बिल्बाओ सेमिफाइनलमा पुगेको छ । एथ्लेटिक बिल्बाओलाई जिताउन एलेक्स बेरेन्गुएरले गरेको गोल नै निर्णायक बन्यो ।…