२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

युरोकप फुटबल : वेल्सलाई पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डेनमार्क युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा पुगेको छ । नेदरल्याण्डस्थित योहान क्राएफ एरिना आम्स्टर्डममा शनिबार राति भएको प्रि-क्वाटरफाइनलमा १० खेलाडीमा सिमित वेल्समाथि ४-० को सानदार जित हासिल गर्दै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको हो । डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एकरएक गोल गरे…