काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा २८ घण्टाभित्र नियुक्त गर्न सोमबार परमादेश दिएपछि राष्ट्रपति भण्डारीले नियुक्त गरेकी हुन् । भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै राष्ट्रपति कार्यालयले सपथ ग्रहणको साइत…