काठमाडौं । नेकपा (एमाले)ले आफ्ना २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको पत्र साउन ५ गतेको मितिमा २२ सांसदहरुलाई थमाइएको छ । माधवकुमार नेपालसहित २२ जना सांसदले पार्टीको निर्देशन विपरित यही ३ गते शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि ४ गते बसेको केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।…