काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीच छलफलपछि छिट्टै स्थायी कमिटी बैठक आह्वान गर्ने बताउनुभएको छ । संघीय संसद भवनमा कोरोना भाइरसको स्वाव चेकजाँच गर्न पुग्नुभएका अध्यक्ष प्रचण्डले बिहीबारको बैठक गृहकार्य नपुगेका कारण स्थगित भएको बताउँदै छिट्टै बैठकको मिति तोकिने बताउनुभएको हो । अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगको छलफल सकिएलगत्तै एक दुई दिनमै बैठक डाकिने उहाँले…