काठमाडौं । प्रतिनिधिसभाको बैठक कक्षभित्र सांसदहरूले अब फोटो खिच्न तथा अडियो–भिडियो रेकर्ड गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ। प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा यस्तो प्रावधान समेटिएको हो। मस्यौदाको नियम २० अन्तर्गत ‘बैठकमा पालन गर्नुपर्ने नियम’ शीर्षकको उपनियम ९ट० मा बैठक कक्षभित्र मोबाइल फोन साइलेन्टमा राख्नुपर्ने, फोनमा कुरा गर्न नहुने र फोटो खिच्ने तथा अडियो–भिडियो रेकर्ड गर्न…