काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान संशोधनको बहसका लागि सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ। पार्टीका महासचिव शंकर पोखरेलले २५ असार २०८३ मा कार्यदलका संयोजकलाई पठाएको पत्रमार्फत एमालेले कार्यदलमा नरहने औपचारिक जानकारी गराएको हो। पत्रअनुसार मन्त्रिपरिषद्को निर्णयबमोजिम गठन गरिएको उक्त कार्यदलमा एमालेका तर्फबाट डा. भीम अधिकारी प्रारम्भिक…