काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मौजुदा मन्त्रिपरिषद् हेरफेर गरेका हुन् । बिहीबार गरिएको हेरफेरमा प्रधानमन्त्री वालेन्द्र शाहले तीन मन्त्रालय आफूसँगै राखेका छन्। प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफूसँगै राखेका हुन्। नाम फेरिएका मन्त्रालयमा मौजुदा मन्त्रिपरिषदका सदस्यहरुलाई जिम्मेवारी तोकिएको हो…