काठमाडौं । नेपाली कांग्रेसले महानगरपालिकाको मेयर उम्मेदवारको टुंगो लगाएको छ । काठमाडौंमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले ललितपुरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । महर्जन २०७४ को निर्वाचनमा मेयरमा विजयी भएका थिए । यसैगरी विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उठाउने कांग्रेसले निर्णय गरेको छ । आफु निकट नागेशलाई उम्मेदवार बनाउन कांग्रेस…