काठमाडौं । नेकपा (एमाले)को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार फागुन ७ गते दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित वीरेन्द्र चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई स्वागत गर्न भेला भएको भीडका क्रममा केही व्यक्तिहरूले एमालेको झण्डा जलाएका थिए। उक्त घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको…