सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। निर्वाचनको पूर्वसन्धामा प्रदेश तहकै नेतृत्वले पार्टी परित्याग गरेपछि कर्णालीमा रास्वपाले ठूलो धक्का व्यहोरेको छ। बिक र बस्नेतले रास्वपा त्याग गर्दै आइतबार सुर्खेतमा आयोजित कार्यक्रममा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको उपस्थितिमा कांग्रेस प्रवेश…