कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा पर्नु अब नयाँ विषय रहेन। गत वर्ष नेपालमा भएको 'जेन–जी' आन्दोलनका क्रममा पनि यस्तै दृश्य देखिएको थियो। त्यतिबेला नेपाली भाषाको प्रमुख दैनिक कान्तिपुरको कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए। यस्तै घटना बंगलादेशमा पनि भएको थियो, जहाँ अंग्रेजी दैनिक द डेली स्टारको कार्यालयमा आगो लगाइएको थियो। भारतमा…