९ असार २०८३, मंगलबार | June 24, 2026

मंसिर ११ गते भारतीय विदेश सचिव आउँदै

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गाला यही मङ्सिर ११ गते बिहीबार नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौँ आउने निश्चित भएको छ । परराष्ट्रमन्त्रालयले भारतीय विदेशसचिवको भ्रमणको कार्यसूचि सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले भ्रमणको पहिलो दिन नेपाल– भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने र त्यसमा द्विपक्षीय सम्बन्ध एवं सहयोगका विविध विषयमा…