काठमाडौं । मुलुकको पूर्वी कुनादेखि पश्चिम कुनासम्म सातैवटा प्रदेशमा भव्य प्रस्तुतिपछि नेपथ्य काठमाडौं फर्किएको छ । उपत्यका बाहिरको ९ स्थानमा साँगीतिक देश दौडाहापछि नेपथ्य दशौं प्रस्तुतिका लागि काठमाडौ फर्किएको हो । नेपथ्यको आज काठमाडौं उपत्यकाको दर्शकसँग भृकुटीमण्डपमा प्रस्तुत हुने कार्यक्रम रहेको छ । यसपटकको उपत्यका बाहिर विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगन्ज, धनगढी, वीरेन्द्रनगर सुर्खेत, बुटवल…