२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

कुटपिट गरेको आरोपमा पल शाहविरुद्ध उजुरी

धरान । कलाकार पल शाहविरुद्ध सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । उनीविरुद्ध चलचित्रकर्मी महासंघ, प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले प्रहरीमा उजुरी दिएका हुन् । म्युजिक भिडियो शूटिङका लागि धरान आएका पलले आफूलाई आक्रमण गरेको प्रधानको आरोप छ । प्रधानले पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको दाबी गरेका छन्…