काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा चलचित्र निर्देशक मनोज पण्डित नियुक्त भएका छन् । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पण्डितलाई समितिको सदस्यमा नियुक्त गरेका हुन् । सरकारले केही दिनअघि ल्याएको अध्यादेशका कारण सेन्सर बोर्डका तीन जना सदस्य पदमुक्त भएका थिए । सोही रिक्त पदमध्ये एकमा पण्डितलाई नियुक्त गरिएको मन्त्रालय स्रोतले जनाएको…