काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्ने र जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्ने बताएका छन् । नववर्ष २०७९ को पूर्वसन्ध्यामा बुधबार एक शुभकामना सन्देशमार्फत उनले भनेका छन्, ‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नु पर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ। तर चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन…