काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरु मन्त्रालय बाँडफाँटमा सहमतिमा पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज भएको छलफलमा मन्त्रालय बाँटफाँटमा सहमति भएको हो । सहमतिअनुसार कांग्रेसले सात मन्त्रालय पाउने भएको छ । कांग्रेसले हाल पाइरहेको मन्त्रालयबाहेक संचार,…