२१ चैत्र २०८२, शनिबार | April 4, 2026

बाढीले विद्यालय भवन बगाएपछि त्रिपालमुनि कक्षा सञ्चालन

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका-६ मा रहेको समैजी आधारभूत विद्यालयको भवन बाढी पहिरोले बगाउदाँ त्रिपालमुनि कक्षा सञ्चालन भइरहेका छन् । २०७७ साउनमा आएको बाढी, पहिरोले विद्यालय भवन बगाउँदा त्रिपालमुनि कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक हरकसिँह ठगुन्नाले जानकारी दिए । कोरोना संक्रमणका कारण विद्यालय बन्द अवस्थामा थियो । ‘गत वर्ष मंसिरदेखि चैतसम्म विद्यालय खुलेका थिए, घाम…