काठमाडौं । गत वर्ष कोरोना भाइरसका कारण देशभर बन्दाबन्दी थियो । मोरङको केराबारी साझेदारी वन क्षेत्रमा गस्तीमा रहेका सलकपुर सबडिभिजन वन कार्यालयमा कार्यरत रेन्जर विजय प्रजामाथि शिकारीले अन्धाधुन्ध गोली चलाए । सिकारीको सात राउन्ड फायर छलेर रेन्जर विजय प्रजाको ज्यान जोगियो । सो घटनामा विक्षिप्त हुनुभएका रेन्जर प्रज्ञा सामान्य अवस्थामा आउन महिनौँ दिन लाग्यो ।…