बुटवल । अन्तराष्ट्रिय क्लबहरुकै शैलीमा वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउने परिपाटी बसाल्दै आएको बुटवल उद्योग बाणिज्य संघमा यस पटक भने परम्परागत परिपाटी भंग हुने संकेत देखिएको छ । वरिष्ठ उपाध्यक्षको अध्यक्ष बन्ने क्रमभंग गर्दै अर्का उपाध्यक्षले अध्यक्ष पदमा दाबी गरेपछि विगत केहि वर्ष देखि चल्दै आएको परिपाटी तोडिने भएको हो । नेपालकै संगठित व्यवसायिक संस्थाहरु मध्यको…