१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

पत्रकारमाथिको धरपकड रास्वपाको नीति र सिद्धान्तविपरीत : प्रवक्ता खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, समाचार कक्षमा प्रवेश गरेर धरपकड गर्ने वा सोधपुछका नाममा दबाब दिने कार्य पार्टीको नीति र सिद्धान्तविपरीत रहेको बताएका छन्। उनले यस्तो कार्य नेपालको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको समेत विपरीत हुने स्पष्ट पारेका छन्। खरेलले नेपालको संविधानले…