१८ पुस २०८२, शुक्रबार | January 3, 2026

समाजगृहपृष्ठ बँदेल मार्न थापिएको पासोमा परेर एक जनाको मृत्यु, पासो थाप्न गएकाले खाल्टोमा पुरेर भागे

नवलपरासी । बँदेल मार्न थापिएको करेन्टको पासोमा परी नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा एकको मृत्यु भएको छ । घर नजिकैको जङ्गलबाट आउने बँदेलले धानबाली नष्ट गरेको भन्दै बँदेल मार्न थापेको पासोमा परी रामग्राम नगरपालिका–१४ पर्सावलका ५५ वर्षीय होमनारायण यादवको मृत्यु भएको हो । शुक्रबार राति घरबाट निस्केका श्रीमान् हराएको भनी यादवकी श्रीमती सोनियाले खोजतलासका लागि प्रहरीमा…