काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ वर्षको उमेरमा निधन भएको छ । घिमिरेको आज आफ्नै निवास लैनचौरमा साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो । तीनदिनदेखि बहोस अवस्थामा रहेका घिमिरेको आज निधन भएको पारिवारिक स्रोतले बताएको छ । माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भयो। जन्मिएको तीन वर्षमा…