काठमाडौं । नेपाल पत्रकार महासंघले बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय भेला गर्ने भएको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले कोरोना महामारीका कारण स्थगित भएको राष्ट्रिय भेला आगामी भदौ २–३ गते वाग्मती प्रदेशको राजधानी हेटौँडामा गर्ने निर्णय गरेको हो । गत वैशाखका लागि तय गरिएको भेला कोभिड १९ का कारण रोकिएको…