काठमाडौं । गृहमन्त्रालयले काठमाडौं उपत्यकाका सबै नाका सिल गर्न उपत्यकाका सबै प्रशासन र स्थानीय तहलाई निर्देशन दिएको छ । लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा पूर्ण निषेध गर्ने पूर्व निर्णयलाई कार्यान्वयन गर्न गृहमन्त्रालयले उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको हो । उपत्यकाका जनप्रतिनिधिसँग बुधबार भएको छलफलपछि गृहले प्रवेश निषेधको निर्णय गरीकार्यान्वयनमा ल्याउन लागेको हो…