काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सधैंभर जप्दै आएको सत्यमेव जयतेको सम्मान हुन्छ कि हुँदैन भनेर प्रश्न गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारतसामू लिम्पियाधुरा, कालापानी र लिपुलेकमा सत्यको पक्षमा लाग्ने कि जवरजस्तीको पक्षमा लाग्ने भन्ने निक्र्यौल गर्ने समय आएको बताउनुभएको हो ।…