रुपन्देही । बौद्ध जयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन स्थगन गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण यही वैशाख २५ गते बुद्ध जन्मस्थल लुम्बिनीमा मनाइने बुद्ध जयन्ती र तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलनका सबै कार्यक्रम स्थगन गरिएको हो । कोरोना भाइरसको संक्रमणका कारण गरिएको बन्दाबन्दीले कार्यक्रमको तयारी गर्न नसकिने र जोखिम बढ्ने भएपछि संस्कृति,…