काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर ८ चरणअन्तर्गत भएको खेलमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । प्रभावशाली ब्याटिङ र सशक्त बलिङ प्रदर्शनका कारण वेस्ट इन्डिजले प्रतियोगितामा आफ्नो दाबेदारी थप बलियो बनाएको छ । २५५ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाब्वे १७.४ ओभरमा १४७ रनमै अलआउट भयो । जिम्बाब्वेका लागि ब्राड इभान्सले…