बुटवल । रुपन्देही जिल्लामा केही दिनदेखि जारी अस्थिर अवस्था सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले लगाएको कर्फ्यु आदेश हटाएसँगै जनजीवन क्रमशः सहज बन्दै गएको हो । प्रशासनले शुक्रबार बिहानसम्म लागू गरेको कर्फ्यु र निषेधाज्ञा हटाएपछि जिल्लाभर बजार, यातायात, विद्यालय तथा अन्य सेवा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ । जिल्लामा उत्पन्न अवस्थालाई…