बुटवल । रुपन्देही उद्योग संघले जिल्लाको शुद्धोधन गाउँपालिकामा यो कार्यकालमा पहिलोपटक तहगत समिति गठन गरेको छ । संघको विधानअनुसार गाउँपालिकामा २५, नगरपालिकामा ५० र उपमहानगरमा १०० उद्योगी संघमा दर्ता रहेपछि तहगत समिति गठन गरिन्छ । बुधबार रुपन्देहीको शुद्धोधन क्षेत्रमा रहेका उद्योगीहरुको भेलाले संघका कार्यसमिति सदस्य तथा क्रियसन फर्मलेशन प्रालिका संचालन टंकनारायण आचार्यको संयोजकत्वमा ५ जनाको…