२९ भदौ २०८३, सोमबार | September 14, 2026

निर्माणको क्रममा ढलेको बाईटार-चिपटार पुलको ‘टावर’ ठड्याइयो

खोटाङ । निर्माणको क्रममा ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका-१० सोरुङछबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर ठड्याइएको छ । पुलको उदयपुरतर्फको निर्माणाधीन टावर २०७९ चैत १० गते ढलेको थियो । निर्माण कम्पनी नेपाल फूलबारी-स्वर्णीम-अन्सुमन जेभीले पुलको टावर हालै ठड्याएको हो । स्थानीयको निरन्तरको दबाबपछि उक्त कम्पनीले गत फागुन २९ गतेदेखि…